काठमाडौँ, २४ साउन । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको भाउ घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४ सय ५० रुपैयाँले नै घटेर ८९ हजार ५ सय ५० रुपैयाँमा कायम रहेको छ ।
त्यस्तै गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।




