काठमाडौँ, २२ साउन । साओमी संसारकै ठुलो ब्रान्ड बनेको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले विश्वव्यापी रुपमा सामसङलाई उछिनेर पहिलोपटक संसारकै ठूलो स्मार्टफोन निर्माता बनेको छ।
काउन्टरपोइन्ट रिसर्चको पछिल्लो तथ्यांक अनुसार, सन् २०२१, जुनको ग्लोबल स्मार्टफोन श्रेणीकरणमा सामसङ दोस्रो स्थानमा झरेको छ।
सामसङको मार्केट सेयर १५।७ प्रतिशतले झरेको छ भने साओमी १७।१ प्रतिशतको बढ्दो मार्केट सेयरसँगै गत जुनमा पहिलो स्थानमा उक्लिएको हो।
साथै एप्पलको मार्केट सेयरपनि गिरावट आएको छ। कम्पनीले विश्वव्यापी स्मार्टफोन बजारको १४।३ प्रतिशत सेयर मात्र प्राप्त गरेको साममोबाइलले जनाएको छ।
साओमीको उत्पादन बिक्री गत मे महिना यतादेखि महिनैपिछे २६ प्रतिशतले बढेको छ। साओमी सन् २०११ मा सञ्चालन भएको थियो। साओमीका सिइओले धेरैपटक सामसङलाई पछि पारेर विश्वको ठूलो स्मार्टफोन ब्रान्ड बन्ने सपना देखेको कुरा उल्लेख गर्दै आएका थिए। अहिले कम्पनीले यो सपना पुरा गरेको बताएको छ।




