काठमाडौँ, २१ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ छ ।
साथै, नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।




