काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । जसमध्ये ९ हजार ९२२ जनाको मृत्यु भएको छ भने ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा, ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा,६८६ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।




