देउवा पक्ष र पौडेल पक्षका अन्य नेताले आन्तरीक रुपमा महाधिवेशनको मिति सार्ने बारे निर्वाचन आयोगसँग छलफल र परामर्श थालेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, रामशरण महत, र मिनेन्द्र रिजालबीच छलफल चलिरहेको छ । बैठकमा विभिन्न जिल्लाका जिल्ला सभापतिहरू पनि छलफलमा सहभागी छन् ।

" /> महाधिवेशनबारे पौडेल पक्षका नेताहरुबीच छलफलमा - Sarbocha Media

महाधिवेशनबारे पौडेल पक्षका नेताहरुबीच छलफलमा

`

     २०७८ श्रावण १९ गते १२:११

काठमाडौँ, १९ साउन । नेपाली काँग्रेसको महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार सुरु भएको छ ।

अर्का नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा २ बजेदेखि बैठक बसेको हो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा क्रियाशील सदस्यता र पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

देउवा पक्ष र पौडेल पक्षका अन्य नेताले आन्तरीक रुपमा महाधिवेशनको मिति सार्ने बारे निर्वाचन आयोगसँग छलफल र परामर्श थालेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, रामशरण महत, र मिनेन्द्र रिजालबीच छलफल चलिरहेको छ । बैठकमा विभिन्न जिल्लाका जिल्ला सभापतिहरू पनि छलफलमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?