भिडन्तपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहर र अन्य शहर पुनः कब्जामा लिएका छन्। सुरक्षाबलले तालिबान लडाकुबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

गत बिहीबारबाट तालिबान लडाकुले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए। अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकुले सरकार विरोधी लडाइलाई तीव्र बनाएको छ र तालिबान लडाकुले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन्।

" /> अफगानिस्तानको हेरात शहरमा भिडन्त, ४१ तालिबानी लडाकु मारिए - Sarbocha Media

अफगानिस्तानको हेरात शहरमा भिडन्त, ४१ तालिबानी लडाकु मारिए

`

     २०७८ श्रावण १९ गते १२:०१

एजेन्सी, १९ साउन । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकुबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्।

त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएका गृह मन्त्रालयले जानकारी दिएको छ। सुरक्षाबल र तालिबान लडाकुबीच ६ दिनसम्म भिडन्त जारी छ।

भिडन्तपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहर र अन्य शहर पुनः कब्जामा लिएका छन्। सुरक्षाबलले तालिबान लडाकुबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

गत बिहीबारबाट तालिबान लडाकुले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए। अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकुले सरकार विरोधी लडाइलाई तीव्र बनाएको छ र तालिबान लडाकुले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?