काठमाडौं, १९ साउन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना (एमसीसी) अघि बढाउन खोजेको दाबी गरेको छ ।
एमसीसी खारेजीको माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिको आयोजनाले मंगलबार काठमाडौंको माइतिघरमा आयोजना गरेको विरोध कार्यक्रममा गजुरेलले संसदमा सरकारले एमसीसी परियोजना अघि बढाउन खोजेको आरोप लगाउनुभएको हो ।
उहाँले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसँग सहयोग मागेको जानकारी आएको पनि बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफूहरु एमसीसीको विरोधमा रहेको उहाको भनाइ छ ।



