यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ ।

जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ ।

यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

" /> काठमाडौँमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने - Sarbocha Media

काठमाडौँमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने

`

     २०७८ श्रावण १९ गते ६:३४

काठमाडौँमा, १९ साउन । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् ।

१ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड चाहिने छ ।

यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ ।

जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ ।

यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?