काठमाडौँ, १९ साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।
गत सोमबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको सुनको मूल्य स्थिर रही आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि सोमबार झै ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तर, चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।




