संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।

केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएका खबर बाहिर आएको थियो ।

" /> अखिल क्रान्तिकारीद्धरा भारतीय दूतावास अगाडि प्रदर्शन - Sarbocha Media

अखिल क्रान्तिकारीद्धरा भारतीय दूतावास अगाडि प्रदर्शन

`

     २०७८ श्रावण १८ गते ७:२२

काठमाडौँ, १८ साउन । दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।

संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।

केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएका खबर बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?