मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा  पसेर तोडफोड गरेको छ ।

अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम पक्राउ परेका हुन् ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी मृतकका आफन्त र गाउँलेको दावी छ ।

" /> भवानी अस्पतालमा तोडफोड : चिकित्सक र नर्समाथि आक्रमण - Sarbocha Media

भवानी अस्पतालमा तोडफोड : चिकित्सक र नर्समाथि आक्रमण

`

     २०७८ श्रावण १७ गते १२:०१

वीरगञ्ज, १७ साउन । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ ।

मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा  पसेर तोडफोड गरेको छ ।

अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम पक्राउ परेका हुन् ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी मृतकका आफन्त र गाउँलेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?