यस प्रान्तका विधायकहरूले बाढी प्रभावित बासिन्दाहरूलाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितहरूको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकहरूले दाबी गरेका छन् । अर्कोतर्फ तालिवान समूहले बाढी प्रभावित क्षेत्रहरुमा सरकारी सेनाहरुको घुसपैठ हुन नदिन भनेको छ ।

“जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्,” नुरिस्तानका सांसद इस्माइल आटिकानले भन्नुभयो । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताउनुभयो ।

" /> अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौँ बेपता - Sarbocha Media

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौँ बेपता

`

     २०७८ श्रावण १७ गते १०:००

एजेन्सी, १७ साउन । अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।

यस प्रान्तका विधायकहरूले बाढी प्रभावित बासिन्दाहरूलाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितहरूको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकहरूले दाबी गरेका छन् । अर्कोतर्फ तालिवान समूहले बाढी प्रभावित क्षेत्रहरुमा सरकारी सेनाहरुको घुसपैठ हुन नदिन भनेको छ ।

“जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्,” नुरिस्तानका सांसद इस्माइल आटिकानले भन्नुभयो । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?