काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी(पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११, ९ हजार ७८३ जनाको आरटी(पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भए, २७ को मृत्यु भएको छ ।




