काठमाडौं, १४ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




