काठमाडौँ, १३ साउन । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार अहिले बिभिन्न देशबाट ८८ लाख ८२ हजार ८५० डोज खोप भित्रिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम ५० लाख ४७ हजार ३५५ डोज खोप लगाइएको छ । जसमा ३५ लाख ४४ हजार ४३ जनाले सिंगल डोज खोप लगाएका छन् भने १५ लाख ३३ हजारले पुरा डोज खोप लगाएको छ ।
नेपालमा अहिले भारतमा उत्पादन भएको कोभिशिल्ड, चीनमा भनेको भेरोसेल र अमेरिकामा बनेको जोनसन एण्ड जोनसनको सिंगल डोज खोप भित्रिएका छन् ।
नेपालमा अहिलेसम्म चीनबाट अनुदानमा २८ लाख डोज भेरोसेल खोप आएको छ भने नेपालले किनेको ४० लाख डोज मध्ये १६ लाख डोज खोप आइसकेको छ ।
त्यस्तै भारतमा उत्पादन भएको कोभिशिल्ड खोप अहिलेसम्म २४ लाख २८ हाजर डोज खोप भित्रिएको छ । जसमा १० लाख डोज खोप नेपालले किनेर ल्याएको हो भने १० लाख डोज खोप भारतले अनुदानमा दिएको थियो । त्यस्तै भारतीय सेनाले अनुदान स्वरूप एक लाख डोज खोप दिएको थियो । त्यस्तै कोभ्याक्स अन्तर्गत कोभिशिल्डको ३ लाख ४८ हजार डोज खोप आएको छ ।
अमेरिकाले जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार डोज खोप नेपाल आइसकेको छ ।




