आज दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो।

‘आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,’ उनले भने ‘आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’

आगलागी कारण खुलिसकेको छैन। चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ।

प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बुढाथोकीले जानकारी दिए।

" /> सोफा फ्याक्ट्रीमा भीषण आगलागी, चार वटा दमकलले निभाउँदै - Sarbocha Media

सोफा फ्याक्ट्रीमा भीषण आगलागी, चार वटा दमकलले निभाउँदै

`

     २०७८ श्रावण १३ गते ११:०९

काठमाडौँ, १३ साउन । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

आज दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो।

‘आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,’ उनले भने ‘आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’

आगलागी कारण खुलिसकेको छैन। चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ।

प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बुढाथोकीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?