काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर दुरुपयोग गर्दै बिज्ञप्ति सार्वजनि गरिएको छ ।
नेकपा माओवादी केन्द्रको निर्णय भन्दै ६ बुँदे नक्कली निर्णय समेत सार्वजनिक गरिएको हो । माओवादी केन्द्रकै एक सांसदले उक्त बिज्ञप्ति पार्टीको आधिकारिक नभएको बताएका छ। उनले कुनै उच्छृङ्खल गिरोहले उक्त हर्कत गरेको हुनसक्ने बताए ।
उक्त बिज्ञप्तिमा आज साँझ बसेको बैठकको निर्णय भन्दै साउन १३ गतेको मिति राखिएको छ । उक्त बिज्ञप्ति कसले जारी गरेको भन्ने खुल्न सकेको छैन ।
यस्तो छ हस्ताक्षर दुरुपयोग गरेर निकालिएको बिज्ञप्ति




