जनक शिक्षा सामग्री केन्द्रले स्वयं बिक्री गर्ने पाठ्यपुस्तकमा वितरकलाई ७५ प्रतिशत ढुवानी शुल्क दिने गरेको तर निजी प्रकाशन गृहले वितरकलाई ढुवानी शुल्क ३० प्रतिशत मात्रै दिने गरेको शाही बताउँछन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुख कर्ण बहादुर रावल पनि प्रकाशक र वितरकबीचको कमिशनको खेलले विद्यार्थीले समस्या झेल्नुपरेको बताउँछन् । कोरोना संक्रमणको डरको कारण भौतिक रुपमा विद्यालय सञ्चालनबारे अझै निश्चित हुन सकेको छैन ।

त्यसैगरी वैकल्पिक माध्यममा विद्यार्थीको पहुँच नभएको थप पुस्तक पनि समयमा प्राप्त गर्न नसक्दा विद्यार्थीको सिकाइ प्रकृया ठप्प भएको उनको भनाइ छ । उनी भन्छन्, ‘अन्य वैकल्पिक माध्यम यहाँ सम्भव छैन । पुस्तक समयमा पाएको भए पढ्दै गर भन्न सकिन्थ्यो । त्यो पनि नहुँदा अभिभावक, शिक्षक र विद्यार्थी अन्योलमा छन् ।’

हुम्लामा १४४ सामुदायिक विद्यालयमध्ये २९ वटा माध्यामिक र बाँकी सबै आधारभूत विद्यालय हुन् । संस्थागत विद्यालय ६ वटा सबै आधारभूत रहेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शाहीले जानकारी दिए ।

यसैगरी जुम्लाको सिंजा गाउँपालिकामा पनि अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिका प्रमुख देवल सिं रावलले केही दिनभित्र पुस्तक आउने वितरकले जानकारी दिएको बताए । उनले भने, ‘अहिले त किन ढिलाइ भयो भनेर सोध्यो भने कोरोना बाहाना मिलेको छ । त्यहि भन्छ । केही दिनमा ल्याउँछु भनेको छ ।’

जुम्लाका केही स्थानीय तहमा पुगेको र केही स्थानीय तहमा पाठ्यपुस्तक पुग्न बाँकी रहेको जिल्ला शिक्षा इकाइ समन्वय प्रमुख मकर भण्डारीले जानकारी दिए । केही स्थानीय तहले पाठ्यपुस्तकका लागि बजेट निकासा ढिलाइ गर्दा पुस्तक पुग्न ढिलाइ भएको बताए ।

मुगु जिल्लाको खत्याड गाउँपालिका बाहेक अन्य स्थानीय तहमा पाठ्पुस्तक पुग्न नसकेको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख सूर्य खत्रीले जानकारी दिए । उनले भने ‘खत्याडमा बाहेक सबै स्थानीय तहमा बाँकी छ । सम्भवत एक हप्ताभित्र सबै स्थानमा पुग्छ होला ।’ वर्षातको कारण भत्किएर अधिकांश बाटो अवरुद्घ भएकाले पाठ्यपुस्तक पुर्‍याउन नसकेको प्रमुख खत्रीको भनाइ छ । सुर्खेतस्थित डिपोमा पुस्तेक पुगे पनि जिल्लामा भने लान नसकिएको उनले बताए ।

मुगुको शोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले अबको केही दिनभित्र पुस्तक आउने जानकारी पाएको बताए । पाठ्यपुस्तकमा चुच्चे नक्सा भएको हुनुपर्ने र नक्सा सहित छपाइ हुँदा ढिलाइ भएको वितरकले जानकारी दिएको उनले बताए । उनले भने, ‘वितरकले नयाँ नक्सा सहित छपाइ गर्दा ढिलो भएको बताएको छ । लोड भइरहेको र केही दिनभित्र पठाइसक्ने जानकारी पाएका छौं ।’

मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालय सञ्चालित छन् । जिल्लामा सय भन्दा बढी सकृय कोरोना संक्रमित भएकाले भौतिक रुपमा विद्यालय संचालन गर्न सीसीएमसीले अनुमति नदिएको कारण विद्यालय सञ्चालनमा अन्योल रहेको इकाइ प्रमुख खत्री बताउँछन् । उनले भने, ‘यहाँका विद्यार्थीहरु भर्चुअल पहुँचमा छैनन् । वर्कसिट र किताब दिएर पढ्न लगाउने भन्दा बाहेक उपाय छैन ।’

मुस्ताङमा आलोपालो प्रणालीमा पढाउने तयारी

मुस्ताङ जिल्लाका विद्यालयमा भने पाठ्यपुस्तक पुगेको छ । जिल्लामा अधिकांश स्थानीय तहले कोरोना संक्रमण दर कम भएको र विद्यार्थी संख्या पनि कम भएकाले भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने तयारी भइरहेको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

उनले भने, ‘जिल्लाका सबै तहका विद्यालयमा पुस्तक पुगेको जानकारी प्राप्त भएको छ । जोखिम कम भएको र वैकल्पिक माध्यमबाट सिकाइ सम्भव नभएकाले अधिकांश गाउँपालिकाले भौतिक रुपमा पठनपाठन शुरु गर्ने तयारीमा छन् ।’

मुस्ताङ जिल्लामा पुस्तक वितरकहरुबाट पुस्तक लैजाँदा ढिलाइ हुने भएकाले स्थानीय तहहरुले शिक्षकहरुको समिति बनाएर पुस्तक लगेकाले विद्यार्थीले समयमा पुस्तक पाएको घरपोझङ गाउँपालिकाका प्रमुख आशबहादुर थकालीले जानकारी दिए । थकालीले गाउँपालिकाले शिक्षक, अभिभावकसँगको छलफलपछि आगामी १५ गतेबाट विद्यालय भौतिक रुपमा आलोपालो प्रणालीबाट विद्यालय सञ्चालन गर्ने तयारी रहेको बताए । उनले भने, ‘गाउँपालिकामा संक्रमणको जोखिम कम हुँदै गइरहेको छ । वैकल्पिक माध्यममा जोड्न सम्भव छैन । त्यसैले आलोपालो प्रणालीमा भौतिक दुरी कायम गरेर विद्यालयमा नै पढाउने तयारी गरेका छौं ।’

मुगु र कालीकोट जिल्लाका केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो । तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेकाले सबैतिर एउटै समयमा शैक्षिक सत्र शुरु गर्ने सरकारले निर्णय गरेको थियो ।

" /> हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाएनन् - Sarbocha Media

हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

`

     २०७८ श्रावण १३ गते ८:०१

काठमाडौं,१३ साउन । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्लाजिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने सम्झौता गरेका छन् । तर कमिसन नमिलेको भन्दै उनीहरुले पाठ्यपुस्तक नपठाएको जिल्ला शिक्षा इकाइका प्रमुख विष्णु बहादुर शाहीले बताए ।

शाहीले भने, ‘माध्यमिक तहको चाहिं स्थानीय तहमा पुर्याउने काम शुरु भएको छ । तर कक्षा एकदेखि चार कक्षासम्मको चाहिं कमिसन नमिलेको भन्दै एजेन्सीहरु नउठाएको भन्ने उत्तर दिएको छ ।’

जनक शिक्षा सामग्री केन्द्रले स्वयं बिक्री गर्ने पाठ्यपुस्तकमा वितरकलाई ७५ प्रतिशत ढुवानी शुल्क दिने गरेको तर निजी प्रकाशन गृहले वितरकलाई ढुवानी शुल्क ३० प्रतिशत मात्रै दिने गरेको शाही बताउँछन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुख कर्ण बहादुर रावल पनि प्रकाशक र वितरकबीचको कमिशनको खेलले विद्यार्थीले समस्या झेल्नुपरेको बताउँछन् । कोरोना संक्रमणको डरको कारण भौतिक रुपमा विद्यालय सञ्चालनबारे अझै निश्चित हुन सकेको छैन ।

त्यसैगरी वैकल्पिक माध्यममा विद्यार्थीको पहुँच नभएको थप पुस्तक पनि समयमा प्राप्त गर्न नसक्दा विद्यार्थीको सिकाइ प्रकृया ठप्प भएको उनको भनाइ छ । उनी भन्छन्, ‘अन्य वैकल्पिक माध्यम यहाँ सम्भव छैन । पुस्तक समयमा पाएको भए पढ्दै गर भन्न सकिन्थ्यो । त्यो पनि नहुँदा अभिभावक, शिक्षक र विद्यार्थी अन्योलमा छन् ।’

हुम्लामा १४४ सामुदायिक विद्यालयमध्ये २९ वटा माध्यामिक र बाँकी सबै आधारभूत विद्यालय हुन् । संस्थागत विद्यालय ६ वटा सबै आधारभूत रहेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शाहीले जानकारी दिए ।

यसैगरी जुम्लाको सिंजा गाउँपालिकामा पनि अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिका प्रमुख देवल सिं रावलले केही दिनभित्र पुस्तक आउने वितरकले जानकारी दिएको बताए । उनले भने, ‘अहिले त किन ढिलाइ भयो भनेर सोध्यो भने कोरोना बाहाना मिलेको छ । त्यहि भन्छ । केही दिनमा ल्याउँछु भनेको छ ।’

जुम्लाका केही स्थानीय तहमा पुगेको र केही स्थानीय तहमा पाठ्यपुस्तक पुग्न बाँकी रहेको जिल्ला शिक्षा इकाइ समन्वय प्रमुख मकर भण्डारीले जानकारी दिए । केही स्थानीय तहले पाठ्यपुस्तकका लागि बजेट निकासा ढिलाइ गर्दा पुस्तक पुग्न ढिलाइ भएको बताए ।

मुगु जिल्लाको खत्याड गाउँपालिका बाहेक अन्य स्थानीय तहमा पाठ्पुस्तक पुग्न नसकेको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख सूर्य खत्रीले जानकारी दिए । उनले भने ‘खत्याडमा बाहेक सबै स्थानीय तहमा बाँकी छ । सम्भवत एक हप्ताभित्र सबै स्थानमा पुग्छ होला ।’ वर्षातको कारण भत्किएर अधिकांश बाटो अवरुद्घ भएकाले पाठ्यपुस्तक पुर्‍याउन नसकेको प्रमुख खत्रीको भनाइ छ । सुर्खेतस्थित डिपोमा पुस्तेक पुगे पनि जिल्लामा भने लान नसकिएको उनले बताए ।

मुगुको शोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले अबको केही दिनभित्र पुस्तक आउने जानकारी पाएको बताए । पाठ्यपुस्तकमा चुच्चे नक्सा भएको हुनुपर्ने र नक्सा सहित छपाइ हुँदा ढिलाइ भएको वितरकले जानकारी दिएको उनले बताए । उनले भने, ‘वितरकले नयाँ नक्सा सहित छपाइ गर्दा ढिलो भएको बताएको छ । लोड भइरहेको र केही दिनभित्र पठाइसक्ने जानकारी पाएका छौं ।’

मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालय सञ्चालित छन् । जिल्लामा सय भन्दा बढी सकृय कोरोना संक्रमित भएकाले भौतिक रुपमा विद्यालय संचालन गर्न सीसीएमसीले अनुमति नदिएको कारण विद्यालय सञ्चालनमा अन्योल रहेको इकाइ प्रमुख खत्री बताउँछन् । उनले भने, ‘यहाँका विद्यार्थीहरु भर्चुअल पहुँचमा छैनन् । वर्कसिट र किताब दिएर पढ्न लगाउने भन्दा बाहेक उपाय छैन ।’

मुस्ताङमा आलोपालो प्रणालीमा पढाउने तयारी

मुस्ताङ जिल्लाका विद्यालयमा भने पाठ्यपुस्तक पुगेको छ । जिल्लामा अधिकांश स्थानीय तहले कोरोना संक्रमण दर कम भएको र विद्यार्थी संख्या पनि कम भएकाले भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने तयारी भइरहेको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

उनले भने, ‘जिल्लाका सबै तहका विद्यालयमा पुस्तक पुगेको जानकारी प्राप्त भएको छ । जोखिम कम भएको र वैकल्पिक माध्यमबाट सिकाइ सम्भव नभएकाले अधिकांश गाउँपालिकाले भौतिक रुपमा पठनपाठन शुरु गर्ने तयारीमा छन् ।’

मुस्ताङ जिल्लामा पुस्तक वितरकहरुबाट पुस्तक लैजाँदा ढिलाइ हुने भएकाले स्थानीय तहहरुले शिक्षकहरुको समिति बनाएर पुस्तक लगेकाले विद्यार्थीले समयमा पुस्तक पाएको घरपोझङ गाउँपालिकाका प्रमुख आशबहादुर थकालीले जानकारी दिए । थकालीले गाउँपालिकाले शिक्षक, अभिभावकसँगको छलफलपछि आगामी १५ गतेबाट विद्यालय भौतिक रुपमा आलोपालो प्रणालीबाट विद्यालय सञ्चालन गर्ने तयारी रहेको बताए । उनले भने, ‘गाउँपालिकामा संक्रमणको जोखिम कम हुँदै गइरहेको छ । वैकल्पिक माध्यममा जोड्न सम्भव छैन । त्यसैले आलोपालो प्रणालीमा भौतिक दुरी कायम गरेर विद्यालयमा नै पढाउने तयारी गरेका छौं ।’

मुगु र कालीकोट जिल्लाका केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो । तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेकाले सबैतिर एउटै समयमा शैक्षिक सत्र शुरु गर्ने सरकारले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?