धनगढी, १२ साउन । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका–६का ३५ वर्षीय धनबहादुर धामी पक्राउ परेको छ ।
उनीहरुको साथबाट पाँच किलो पाँच सय ग्राम लागुऔषध चरेश र एक लाख २० हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ । दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




