सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् ।

तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धरना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ ।

" /> तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए - Sarbocha Media

तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए

`

     २०७८ श्रावण १२ गते ८:२८

एजेन्सी, १२ साउन । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् ।

तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धरना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?