कम्तीमा १० देखि अधिकतम ३० हजार कित्तासम्मको खरिद सीमा तोकिएको छ । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुने छ । अधिकृत पुंजी तीन अर्ब तथा जारी पुंजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बिक्री गरिने कुल सेयर मध्येमा ५ प्रतिसत अर्थात ३ लाख कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिसत अर्थात ३ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुने कम्पनीले जनाएको छ ।

" /> सानिमा लाईफ इन्स्योरेन्सको आइपिओ साउन २० गतेदेखि - Sarbocha Media

सानिमा लाईफ इन्स्योरेन्सको आइपिओ साउन २० गतेदेखि

`

     २०७८ श्रावण १२ गते ७:०३

काठमाडौ, १२ साउन । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले बिक्री प्रबर्धक प्रभु क्यापिटल लिमिटेडमार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्तीमा १० देखि अधिकतम ३० हजार कित्तासम्मको खरिद सीमा तोकिएको छ । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुने छ । अधिकृत पुंजी तीन अर्ब तथा जारी पुंजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बिक्री गरिने कुल सेयर मध्येमा ५ प्रतिसत अर्थात ३ लाख कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिसत अर्थात ३ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?