काठमाडौँ, ११ साउन । नेपालमा थप ३४२१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २३९१ र एन्टीजेन परिक्षणबाट १०३० गरि कुल ३४२१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६८६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४।५ रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ९०८ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७३८ पुगेको छ ।




