काठमाडौँ, ११ साउन । विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकामा निश्चित खोप केन्द्र तोकिएको छ । उनीहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पासपोर्ट र भिसा देखाएर उनीहरुले खोप लगाउन पाउनेछन् । सरकारले विदेश जानेहरुका लागि जोन्सन एन्ड जोन्सन कम्पनीको खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लगाए पुग्छ ।
नेपालमा जोन्सन एन्ड जोन्सन कम्पनीको खपसहित भेरोसेल र कोभिशिल्ड खोप लगाइएको छ ।




