राष्ट्रपति सय्यदले भने देशमा शान्ति सुरक्षा कायम राख्न आफूले कदम चालेको दाबी गरेका छन् । नयाँ प्रधानमन्त्री चयन गरेर देशको अवस्था नियन्त्रणमा आउने उनले बताएका छन् ।

आइतबार प्रधानमन्त्री बर्खास्तीमा परेको खबर सार्वजनिक भएसँगै राजधानी ट्युनिसमा सर्वसाधारणले खुसीयाली मनाएका थिए । राष्ट्रपति पनि सर्वसाधारणको प्रदर्शनमा सहभागी भएको बताइएको छ । राष्ट्रपतिले हिंसा मच्चिए सेनालाई परिचालन गरेर भए पनि नियन्त्रणमा लिइने बताएका छन् ।

१० वर्षअघि सन् २०११ मा भएको क्रान्तिले ट्युनिसिया लोकतान्त्रिक बाटोमा हिँडेको थियो । जुन आन्दोलन ‘अरब क्रान्ति’ का नामले समेत चर्चित छ । लोकतान्त्रिक सरकार आएसँग्र बेरोजगारीलगायतका नागरिकका समस्या सम्बोधन हुने आश गरिएको थियो । तर सोचेअनुरुप काम नभएकाले आम नागरिकमा निराशा छाएको थियो ।

" /> ट्युनिसियामा राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त: राजनीतिक संकट उत्पन्न - Sarbocha Media

ट्युनिसियामा राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त: राजनीतिक संकट उत्पन्न

`

     २०७८ श्रावण ११ गते ७:२४

एजेन्सि, ११ साउन । राष्ट्रपति कैस सय्यदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद् भंग गरेपछि अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट निम्तिएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । संसद्समेत भंग भएपछि ट्युनिसियामा ‘कु’ भएको आशंका व्यक्त गरिएको छ ।

राष्ट्रपति सय्यदले भने देशमा शान्ति सुरक्षा कायम राख्न आफूले कदम चालेको दाबी गरेका छन् । नयाँ प्रधानमन्त्री चयन गरेर देशको अवस्था नियन्त्रणमा आउने उनले बताएका छन् ।

आइतबार प्रधानमन्त्री बर्खास्तीमा परेको खबर सार्वजनिक भएसँगै राजधानी ट्युनिसमा सर्वसाधारणले खुसीयाली मनाएका थिए । राष्ट्रपति पनि सर्वसाधारणको प्रदर्शनमा सहभागी भएको बताइएको छ । राष्ट्रपतिले हिंसा मच्चिए सेनालाई परिचालन गरेर भए पनि नियन्त्रणमा लिइने बताएका छन् ।

१० वर्षअघि सन् २०११ मा भएको क्रान्तिले ट्युनिसिया लोकतान्त्रिक बाटोमा हिँडेको थियो । जुन आन्दोलन ‘अरब क्रान्ति’ का नामले समेत चर्चित छ । लोकतान्त्रिक सरकार आएसँग्र बेरोजगारीलगायतका नागरिकका समस्या सम्बोधन हुने आश गरिएको थियो । तर सोचेअनुरुप काम नभएकाले आम नागरिकमा निराशा छाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?