नवलपरासी, १० साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६ मिर्तुङ्ग गाउँमा ५ महिने बालिकाको हत्या भएको छ ।
देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा पदमबहादुरकी ५ महिनाकी छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।
गम्भीर घाइते बालिकाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको प्रहरीले बताए । सारुलाई नियन्त्रणमा लिइ ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको छ ।