कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो ।

" /> लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय - Sarbocha Media

लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय

`

     २०७८ श्रावण ०८ गते ९:४८

काठमाडौँ, ८ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो जानकारी दिएको हो ।

निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?