काठमाडौँ, ६ साउन । सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने ल्याउने भएको छ ।
नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन चुनौती रहेकोले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।
मन्त्रि शर्माले यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो । उनले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे । सिएनआइले घोषणा गरेको मेक इन नेपालको खुलेर प्रशंशा गरे । रोजगार बृद्धि तथा अर्थतन्त्र सुदृढका लागि मेक इन नेपाल उपयोगी सावित हुने उनले बताए ।
कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो ।




