स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार जोन्सन एन्ड जोन्सन खोप कार्यक्रमका लागि लक्षित १ लाख ४६ हजार ५२४ जनामध्ये पहिलो दिन १९ हजार ६७१ जनाले यो खोप लिएका हुन् ।

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइँदै छ । काठमाडौँमा जोन्सनको खोप यही साउन ६ गतेसम्म विभिन्न ४४ वटा केन्द्रबाट दिइनेछ ।

" /> जोन्सनको खोप काठमाडौँमा पहिलो दिनमै करिब २० हजारले लगाए - Sarbocha Media

जोन्सनको खोप काठमाडौँमा पहिलो दिनमै करिब २० हजारले लगाए

`

     २०७८ श्रावण ०५ गते ७:०७

काठमाडौँ, ५ साउन । कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप सोमबार काठमाडौँ जिल्लामा १९ हजार ६७१ जनाले लिएका छन् । सोमबारैदेखि उक्त खोप कार्यक्रम सुरु भएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार जोन्सन एन्ड जोन्सन खोप कार्यक्रमका लागि लक्षित १ लाख ४६ हजार ५२४ जनामध्ये पहिलो दिन १९ हजार ६७१ जनाले यो खोप लिएका हुन् ।

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइँदै छ । काठमाडौँमा जोन्सनको खोप यही साउन ६ गतेसम्म विभिन्न ४४ वटा केन्द्रबाट दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?