भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरेको छ । साउन १ मा पक्राउ परेका यादवलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए । २०७५ असार र ०७७ फागुन १७ मा हातहतियार तथा खरखजाना र चोरी मुद्दामा पक्राउ परेका यादव धरौटीमा छुटेका थिए ।

" /> अमेरिकन पेस्तोलसहित युवक पक्राउ - Sarbocha Media

अमेरिकन पेस्तोलसहित युवक पक्राउ

`

     २०७८ श्रावण ०३ गते ११:०७

कपिलवस्तु, ३ साउन । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट प्रहरीले अमेरिकन पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरेको छ । साउन १ मा पक्राउ परेका यादवलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए । २०७५ असार र ०७७ फागुन १७ मा हातहतियार तथा खरखजाना र चोरी मुद्दामा पक्राउ परेका यादव धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?