नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज ङादीको शेयरमूल्य ९.४० प्रतिशतले बढेको छ भने रैराङको ८.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।

" /> ११.३३ अङ्कले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार - Sarbocha Media

११.३३ अङ्कले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार

`

     २०७८ आषाढ ३१ गते १०:१५

काठमाडौँ, ३१ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कोरोबारको बिहिबार दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से ११.३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलब ३८ विन्दुमा पुगेको छ ।

त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार नेप्सेमा ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज ङादीको शेयरमूल्य ९.४० प्रतिशतले बढेको छ भने रैराङको ८.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?