काठमाडौँ, ३१ असार । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
बुधबार प्रतितोला ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैँयाले बढेर प्रतितोला ९३ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता, आज तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३ सय २० रुपैँया पुगेको महासंघले जनाएको छ।




