कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना संक्रमण - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना संक्रमण

`

     २०७८ आषाढ ३० गते १०:५३

काठमाडौँ, ३० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?