एजेन्सि, ३० असार । पाकिस्तानको डासू क्षेत्रमा एक बस दुर्घटनामा ६ चिनियाँ नागरिकसमेत कम्तीमा १० जनाको मृत्यु भएको छ ।
कोहिस्तानका डेप्युटी कमिश्नर आरिफ खान यूसुफजईले बीबीसीसँगको कुराकानीमा सुरुवाती जानकारीमा यो कुनै
बिस्फोट वा चरमपन्थी गतिविधिको नभई एक दुर्घटना भएको बताए । उनले दुर्घटनास्थल एक खतरनाक बाटो भएको बताउँदै यसमा यसअघि पनि दुर्घटना भइरहने बताए ।
यद्यपि, समाचार एजेन्सी रोयटर्सले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ इन्जिनियरलाई लैजाँदै गरेको बसमा एउटा ठूलो बिस्फोट भएको बताएको छ ।अधिकारीका अनुसार बिस्फोट सडक किनारमा राखिएको कुनै उपकरणका कारण भएको हो वा बसभित्र नै बिस्फोट भएको भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।
हजारा क्षेत्रको एक अन्य अधिकारीले यो बस ३० चिनियाँ इन्जिनियरलाई डासू ड्याम सम्म लैजाने क्रममा दुर्घटना भएको थियो ।
यो बाँध (हाइड्रो–इलेक्ट्रिक) परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीइसी) को हिस्सा हो ।यो बाँध परियोजनामा पाकिस्तान र चीनका मानिसहरु मिलेर काम गरिरहेका छन् ।




