काठमाडौँ, ३० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ३ सयले बढेको छ । आज सुनको भाउ प्रतितोलामा ९२ हजार ७ सयमा कारोबार भएको छ ।
साथै तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोलामा ३ सय रुपैयाँले नै बढेर ९२ हजार २ सय रुपैयाँ कायम रहेको छ ।
यता चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




