जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरेको थियो । सो पदर्शनमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी पक्राउ परेका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाईको थिएन ।

त्यहाँ प्रहरी र सुरक्षाकर्मीबीच झडप, भवनहरू आगजनी, पसलहरू लुटपात जस्ता अनैतिक क्रियाकलप भइरहेको छ ।।

सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरेको छ ।

जुमालाई जुन २९ तारिखमा आफ्नो ९ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ ।

सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उनलाई पदच्युत गर्न सफल भएपनि उनको पक्षमा अहिलेपनि ठूलो समूह रहेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छ ।

" /> दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन रोक्न सेना परिचालन - Sarbocha Media

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन रोक्न सेना परिचालन

`

     २०७८ आषाढ २९ गते ७:२१

एजेन्सि, २९ असार । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछ झन्डै १ सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ ।

जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरेको थियो । सो पदर्शनमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी पक्राउ परेका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाईको थिएन ।

त्यहाँ प्रहरी र सुरक्षाकर्मीबीच झडप, भवनहरू आगजनी, पसलहरू लुटपात जस्ता अनैतिक क्रियाकलप भइरहेको छ ।।

सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरेको छ ।

जुमालाई जुन २९ तारिखमा आफ्नो ९ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ ।

सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उनलाई पदच्युत गर्न सफल भएपनि उनको पक्षमा अहिलेपनि ठूलो समूह रहेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?