काठमाडौँ, २९ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको सुनको मूल्य मंगलबार पुनः २ सयले बढेको छ ।
यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




