काठमाडौँ, २८ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौँ उपत्यकामा ७ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




