काठमाडौँ, २८ असार । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सोमबार २ सय रुपैयाँले घट्न पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ भने, चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको भाउसमेत सोमबार प्रतितोला २ सय रुपैयाँले घट्दै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




