आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो ।

यता, एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ ।

" /> एमाले स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित - Sarbocha Media

एमाले स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित

`

     २०७८ आषाढ २७ गते १:१७

काठमाडौँ, २७ असार । नेकपा एमालेको आज बस्ने भनेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो ।

यता, एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?