काडमाडौं, २३ माघ । चीनको वुहानमा कोरोना भाइरसको संक्रमितबाट जन्मिएको शिशुमा पनि सङ्क्रमण देखिएको छ । जन्मिएको ३० घण्टापछि शिशुमा कोरोनाको सङ्क्रमण देखिएको हो ।
चीनमा पहिलो पटक कोरोनाको बिरामीले शिशु जन्माएकी थिइन् । उनी अहिलेसम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएको बताइएको छ। जन्मिएका बेला उनमा भाइरसकाे संक्रमन नदेखिएकाे बताइएकाे छ। शिशु जन्मिदा तीन किलो २५ ग्रामका थिए ।

शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ । यसअघि दुई वर्षका बालकमा पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो ।



