काठमाडौँ, १८ असार। पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो ।
पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ । दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।
लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको मुग्लीनका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए । उनले अनलाइखबरसँग भने, ‘ पहिरोले अवरुद्ध बाटो एकतर्फी खुलेको छ । थप फराकिलो पार्ने काम भइरहेको छ ।’




