मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले घटनाप्रति दुःख व्यक्त गरे । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पुर्याइने उनले जानकारी दिए ।

विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

" /> बाढी पहिरोमा मृत्यु भएका परिवारलाई काँग्रेसले आर्थिक सहयोग गर्ने - Sarbocha Media

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई काँग्रेसले आर्थिक सहयोग गर्ने

`

     २०७८ आषाढ १८ गते ७:५४

चितवन, १८ असार । नेपाली काँग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताए ।

कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उनले जानकारी दिए ।

मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले घटनाप्रति दुःख व्यक्त गरे । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पुर्याइने उनले जानकारी दिए ।

विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?