काठमाडौँ, १८ असार । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बिहीबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको तेजाबी सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।
यसैगरी चाँदीको मुल्य आज ११ सय २३ रुपैयाँमा कारोर भएको महासंघले जनाएको छ ।




