त्यो सम्झौता गत अप्रिल महीनामा नवीकरण हुने अपेक्षा गरिए पनि दुई कम्पनीले त्यसलाई निरन्तरता नदिने निधो गरेका हुन् । उक्त सम्झौताले दुई कम्पनीबीचको सहकार्यका लागि खासै राम्रो भूमिका नखेलेको ठहर गर्दै त्यसलाई नवीकरण नगर्ने निष्कर्षमा माइक्रोसफ्ट र गुगल पुगेका हुन् ।

सन् २०१५ मा उक्त सम्झौतमा हस्ताक्षर हुँदा माइक्रोसफ्ट र गुगल बीच विश्वका विभिन्न अदालतमा झण्डै २० वटा अन्तर्राष्ट्रिय मुद्दा थिए । उक्त सम्झौतासँगै ती मुद्दा खारेज भए र दुई कम्पनीहरु आर्थिक लेनदेनलयायतका विषयमा सहमति गरेर विवादको टुंगो लगाए ।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार उक्त सम्झौताबाट माइक्रोसफ्टले भन्दा गुगलले बढी फाइदा लिएको थियो । कतिपयले चाहिँ सम्झौताकै कारण गुगलले आफ्ना एन्ड्रोइड एपलाई विन्डोज अपरेटिङ सिस्टमभित्र छिराउन सफल भएको टिप्पणी गरेका छन् ।

माइक्रोसफ्टले हालै सार्वजनिक गरेको विन्डोज ११ मा एन्ड्रोइड एपहरु चल्ने बताइएको छ । त्यसका लागि अमेजन एप स्टोरबाट एन्ड्रोइड एपहरु डाउनलोड गर्नुपर्ने हुन्छ ।

" /> गुगल र माइक्रोसफ्टबीचको सम्झौता भङ्ग - Sarbocha Media

गुगल र माइक्रोसफ्टबीचको सम्झौता भङ्ग

`

     २०७८ आषाढ १७ गते ८:३९

एजेन्सि, १७ असार । विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ ।

सन् २०१५ मा यी दुई कम्पनीबीच अर्काविरुद्ध मुद्दा नहाल्ने सम्झौतमा हस्ताक्ष्र भयो । तर अहिले माइक्रोसफ्ट र गुगलले ६ वर्ष अगाडिको उक्त सम्झौता भंग गर्ने निर्णय गरेका छन् ।

त्यो सम्झौता गत अप्रिल महीनामा नवीकरण हुने अपेक्षा गरिए पनि दुई कम्पनीले त्यसलाई निरन्तरता नदिने निधो गरेका हुन् । उक्त सम्झौताले दुई कम्पनीबीचको सहकार्यका लागि खासै राम्रो भूमिका नखेलेको ठहर गर्दै त्यसलाई नवीकरण नगर्ने निष्कर्षमा माइक्रोसफ्ट र गुगल पुगेका हुन् ।

सन् २०१५ मा उक्त सम्झौतमा हस्ताक्षर हुँदा माइक्रोसफ्ट र गुगल बीच विश्वका विभिन्न अदालतमा झण्डै २० वटा अन्तर्राष्ट्रिय मुद्दा थिए । उक्त सम्झौतासँगै ती मुद्दा खारेज भए र दुई कम्पनीहरु आर्थिक लेनदेनलयायतका विषयमा सहमति गरेर विवादको टुंगो लगाए ।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार उक्त सम्झौताबाट माइक्रोसफ्टले भन्दा गुगलले बढी फाइदा लिएको थियो । कतिपयले चाहिँ सम्झौताकै कारण गुगलले आफ्ना एन्ड्रोइड एपलाई विन्डोज अपरेटिङ सिस्टमभित्र छिराउन सफल भएको टिप्पणी गरेका छन् ।

माइक्रोसफ्टले हालै सार्वजनिक गरेको विन्डोज ११ मा एन्ड्रोइड एपहरु चल्ने बताइएको छ । त्यसका लागि अमेजन एप स्टोरबाट एन्ड्रोइड एपहरु डाउनलोड गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?