त्यस्तै, यता चाँदीको पनि भाउ गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कायम रहेको थियो ।

" /> सुनचाँदीको भाउ बढ्यो, प्रतितोलामा कति ? - Sarbocha Media

सुनचाँदीको भाउ बढ्यो, प्रतितोलामा कति ?

`

     २०७८ आषाढ १७ गते ६:१४

काठमाडौँ, १७ असार । नेपाली बजारमा बिहीबार सुनचाँदीकै भाउ बढेको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा घट्दै आएको सुनको भाउ बिहीबार अधिकतम ८ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँले बढेर तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, यता चाँदीको पनि भाउ गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?