एजेन्सि, १५ असार । कोरोना भाइरसको डेल्टा भेरियन्टलाई आफ्नो देशमा फैलन नदिन हङ्गकङले ब्रिटेनबाट आउने सबै उडान निशेध गरेको छ । ब्रिटेनमा डेल्टा भेरियन्टका संक्रमितको संख्या अधिक रहेको छ, र संक्रमित तीब्र रुपमा बढिरहेका छ।
यो प्रतिबन्ध एक जुलाईदेखि लागू हुनेछ जसका कारण बेलायतबाट आउने सबै यात्रीको उडान प्रभावित हुनेछ ।
यदि कुनै व्यक्तिले बेलायतमा दुई घण्टाभन्दा बढी समय बिताउँछन् भने उनलाई हङ्गकङका लागि कुनै पनि विमानस्थलबाट उडान भर्ने अनुमति दिइने छैन ।
।
अधिकारीका अनुसार उनीहरुले हालै बेलायतबाट आउनेहरुमा डेल्टा भेरियन्टका संक्रमण भेटिएको छ । त्यसपछि उक्त यात्रामा समावेश सबै मानिसहरुलाई क्वारेन्टिनमा राखिएको थियो ।
नेपाल, इन्डोनेशिया, भारत, पाकिस्तान र फिलिपिन्ससहित अन्य देशसँगको उडानमा हङ्गकङले रोक लगाइसकेको छ ।
हङ्गकङको सरकारले यो आदेशका कारण हङ्गकङका मानिसहरुको अधिकार र स्वतन्त्रतालाई प्रतिबन्ध गर्ने आरोप लगाएको छ ।




