काठमाडौँ, १५ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज एक सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा झरेको हो ।
गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज मंगलबार पनि १ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




