गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लगिएको थियो ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गएराति मृत्यु भएको उनले बताए ।

" /> कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारको क्रममा मृत्यु - Sarbocha Media

कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारको क्रममा मृत्यु

`

     २०७८ आषाढ १३ गते ९:३०

सङ्खुवासभा, १३ असार ।  संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लगिएको थियो ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गएराति मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?