प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर–विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ ।

" /> निषेधाज्ञा थप्न तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै - Sarbocha Media

निषेधाज्ञा थप्न तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

`

     २०७८ आषाढ १३ गते ८:२४

काठमाडौँ, १३ असार । काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउसो ४ बजे बस्ने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने बताएको छ ।

प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर–विजोर प्रणालीमा चल्न दिइरहेको छ ।

व्‍यवसायीले सार्वजनिक यातायात समेत चल्‍न दिनु पर्ने माग गरे पनि प्रशासन त्यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। स्वास्थ्य मन्त्रालयले पनि अहिल्यै सार्वजनिक यातायात खोल्नु घातक हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?