काठमाडौँ, १३ असार । आइतबार पनि सुन तथा चाँदी दुबैको भाउ समान्य बढेको छ।
यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ५ सय र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।




